शिक्षक संगठन मकवानपुरको नवनिर्वाचित कार्य समिति ।

हेटौंडाः नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको अध्यक्षमा मुकुन्द न्यौपाने निर्वाचित हुनुभएको छ । शुक्रबार र शनिबार हेटौंडामा भएको १४ औं अधिवेशनबाट न्यौपाने सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

संगठनको उपाध्यक्षमा रुपचन्द्र गोपाली र चन्द्रादेवी लामा बल निर्वाचित हुनुभएको छ । सचिवमा गोपीरमण प्याकुरेल, सहसचिवमा सविता लामिछाने, कोषाध्यक्षमा भावना सापकोटा र सहकोषाध्यक्षमा दिपेश आले सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

संगठनको जिल्ला सदस्यमा सविता तिमल्सिना, भरत पोखरेल, सरोज फयल, ईश्वर आले र रत्नबहादुर स्याङ्तान निर्वाचित हुनुभएको छ । यस्तै, पालिकाबाट प्रतिनिधित्व गर्ने जिल्ला सदस्यमा बागमती गाउँपालिकाबाट लोकबहादुर विश्वकर्मा, बकैया गाउँपालिकाबाट गीताकुमारी न्यौपाने र हरिहर खनाल, मकवानपुरगढी गाउँपालिकाबाट विमल दहाल तथा भीमफेदी गाउँपालिकाबाट अमृता भट्ट र अंजीत यादव निर्वाचित हुनुभएका छन् ।

यस्तै, इन्द्रसरोवर गाउँपालिकाबाट रामशरण दहाल तथा कैलाश गाउँपालिकाबाट राममाया मुक्तान र रीना थिङ जिल्ला सदस्यमा निर्वाचित हुनुभएको छ । राक्सिराङ गाउँपालिकाबाट आशमान थिङ र मनहरी गाउँपालिकाबाट बाबुराज मोक्तान सदस्यमा निर्वाचित हुनुभएका हुन् । थाहा नगरपालिकाबाट जोगबहादुर मोक्तान र धर्मेन्द्रप्रसाद अर्याल एवम् हेटौंडा उपमहानगरपालिकाबाट देवराज शर्मा र रमेशकुमार बर्तौला जिल्ला सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ । पालिकाबाटै प्रतिनिधित्व गर्ने महिलातर्फका जिल्ला सदस्यमा गीता पौडेल, लालमाया रुम्बा र सावित्री अधिकारी निर्वाचित हुनुभएको छ ।

संगठनको लेखा समिति संयोजकमा रमेश रिजाललाई निर्वाचित गरेको छ । लेखा समिति सदस्यमा शालिकराम घिमिरे र रामप्रसाद साह निर्वाचित हुनुभएको छ । अधिवेशनले संगठनको राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा काजीमान मुक्तान, नवराज अर्याल, भरतप्रसाद सापकोटा, विश्राम सिंजाली मगर, श्रीराम दहाल, सन्तोष लामिछाने र लक्ष्मीकुमारी रिमाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । नवनिर्वाचित पदाधिकारीको कार्यकाल ३ वर्षको रहनेछ ।

शुक्रबार हेटौंडामा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका निवर्तमान अध्यक्ष श्रीराम दहालको सभाध्यक्षता तथा संगठनका केन्द्रीय महासचिव हंशबहादुर शाहीको प्रमुख आतिथ्यमा अधिवेशन उद्घाटन भएको हो । उद्घाटन समारोहमा सत्तारुढ दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाले शिक्षामा नागरिकको भरोसा कम हुँदै गएको बताउनुभयो । सार्वजनिक शिक्षामा सबैले नागरिकको भसोरा जित्न आवश्यक रहेको उहाँले बताउनुभयो । शिक्षकहरुले आफूलाई जवाफदेही बनाउन आवश्यक रहेको औंल्याउँदै बर्तौलाले संसदको आगामी अधिवेशनबाट शिक्षा ऐन पारित गराउन सक्दो प्रयास गर्ने बताउनुभयो ।