पदस्थापन समारोहमा नवनिर्वाचित अध्यक्ष अस्मिता न्यौपानेलाई सपथ ग्रहण गराइँदै ।

हेटौंडाः जेसीआई हेटौंडा लेडीको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । बिहीबार जेसीआई हेटौंडा लेडी वर्ष २०२५ को अध्यक्षमा अस्मिता न्यौपाने पदस्थापित हुनुभएको हो ।

जेसीआई हेटौंडा लेडी २०२४ की अध्यक्ष सजिता केसीले कृषि तथा पशुपन्क्षी विकासमन्त्री प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यमा न्यौपानेलाई २०२५ का लागि अध्यक्षमा पदस्थापन गराउनुभएको हो । जेसीजको कार्यकारिणी उपाध्यक्षमा पूजा बस्नेत र ईन्दु बानियाँलाई पनि पदस्थापन गरिएको छ । यस्तै, उपाध्यक्षमा प्रतिमा बर्तौला, दिप्ती अधिकारी, आयुषा फुयाल र अस्मिता श्रेष्ठलाई पदस्थापन गरिएको छ ।

जेसीआई हेटौंडा लेडीको पदस्थापना कार्यक्रमा नवनिर्वाचित अध्यक्ष न्यौपानेलाई इमानदारीपूर्वक पदीय जिम्मेवारी निर्वाह गर्नका लागि सपथग्रहण गराइएको छ । नवनिर्वाचित पदाधिकारीहरुलाई पनि सपथग्रहण गराउँदै अध्यक्ष न्यौपानेले प्रमाणपत्र प्रदान गर्नुभएको छ । न्यौपानेले वर्ष २०२५ का लागि महासचिवमा नम्रता श्रेष्ठ र अध्यक्ष सल्लाहकारमा सुमित्रा काफ्लेलाई मनोनित गर्नुभएको छ । यस्तै, कोषाध्यक्षमा रञ्जु पुडासैनी र कानुनी सल्लाहकारमा कुसुम खड्का पुडासैनीलाई मनोनित गर्नु भएको छ ।

साधारणसभामा पूर्वअध्यक्ष रश्मि बस्नेतले निर्वाचन आयुक्तको भूमिका निर्वाह गर्नुभएको थियो । पदस्थापना कार्यक्रममा जेसीआई हेटौंडाका अध्यक्ष पंकज दास बनियाँ, निवर्तमान अध्यक्ष विकेशलाल श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघकी महासचिव प्रतिमा श्रेष्ठ, जेसीआई हेटौँडा लेडीकी पूर्वअध्यक्ष रश्मि बस्नेत, पूर्वअध्यक्ष सुशीला पौडेललगायतको उपस्थिति रहेको थियो ।