अध्यक्ष सल्लाहकार मनोनित विष्णुहरि पण्डित ।

हेटौँडा ः मकवानपुर उद्योग वाणिज्य संघको नवनिर्वाचित समितिको सोमबार बसेको बैठकले अध्यक्ष सल्लाहकारमा विष्णुहरि पण्डितलाई मनोनित गरेको छ । यस्तै संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षतामा बसेको बैठकले संघको सल्लाहकारमा ८ जनालाई मनोनित गर्ने निर्णय गरेको छ ।

संघकी महासचिव प्रतिमा श्रेष्ठका अनुसार बैठकले सल्लाहकारमा आनन्दराम पराजुली, इन्द्रप्रसाद नेपाल, हीरालाल श्रेष्ठ, बालगोपाल कँडेल, सरोज खनाल, नरोत्तम दाहाल, सन्तोषकुमार अर्याल, नरेन्द्र भण्डारीलाई सल्लाहकार मनोनित गरेको छ । संघको विधानअनुसार पूर्वअध्यक्षहरु विशिष्ट सल्लाहकार रहने व्यवस्था छ ।