हेटौँडा ः मकवानपुर उद्योग वाणिज्य संघको नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्ष दीपक उप्रेती हुनुभएको छ ।
निर्वाचित ४ जना उपाध्यक्ष मध्ये ज्येष्ठताका आधारमा उप्रेती वरिष्ठ उपाध्यक्ष हुनुभएको हो । उप्रेतीसँगै काव्यमणि अधिकारी पनि ४ कार्यकाल संघमा निर्वाचित हुनुभए पनि ज्येष्ठताका आधारमा उप्रेती वरिष्ठ उपाध्यक्ष हुनुभएको महासचिव प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो । उप्रेती उद्योगतर्फ उपाध्यक्ष निर्वाचित हुनुभएको हो भने अधिकारी वस्तुगततर्फ उपाध्यक्ष निर्वाचित हुनुभएको हो । यस्तै वाणिज्यतर्फ राजु अधिकारी र एसोसिएटतर्फ उज्ज्वल चौलागाई निर्वाचित हुनुभएको छ ।
सोमबार बसेको संघको कार्यसमिति बैठकले उद्योगतर्फको कार्यसमिति सदस्यमा कृष्णप्रसाद घिमिरेलाई मनोनित गर्ने निर्णय गरेको छ भने वाणिज्यतर्फ महिला सदस्य भने मनोनित गरिएको छैन । प्रमोद सिंह रानाभाटको अध्यक्षतामा नवनिर्वाचित समितिको दोस्रो बैठकले पदाधिकारीहरुको वरियता समेत निर्धारण गरेको छ ।