नयाँ कार्यसमितिको सामुहिक तस्वीर ।

हेटौँडा ः हेटौँडा–१८, हर्नामाडीस्थित ज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः हर्क रम्तेल सर्वसम्मत चयन हुनुभएको छ । आइतबार भएको विद्यालयको अभिभावक भेलाले रम्तेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

पदेन सदस्यमा अनिल कुमार बानियाँ (वडा अध्यक्ष), विद्यालय व्यवस्थापन समितिको सदस्यमा कुसुम थामी, विमला विसुङके, बसन्ती थिङ, तिलक बहादुर निरौला (प्रकाश), प्रमिला थापा चयन हुनुभएको छ । शिक्षक प्रतिनिधि सदस्य भने चयन हुन नसकेको रम्तेलले जानकारी दिनुभयो ।