हेटौंडाः मनहरी गाउँपालिका–१ स्थित बाल जीवन ज्योति मावि व्यवस्थापन समितिको अध्यक्षमा शिवप्रसाद खनाल चयन हुनुभएको छ । अभिभावक भेलाबाट खनालको अध्यक्षतामा ९ सदस्यीय समिति चयन भएको छ । समितिको सदस्यमा विशाल लामा थिङ, नवराज पौडेल, नितुमाया थिङ, कृष्ण माया रुम्बा बल, देवराज भण्डारी, पार्वती पाण्डे र दिलकुमार स्याङ्तान चयन हुनुभएको छ ।
यस्तै भेलाले सल्लाहकारमा भीमसेन अधिकारी, हेमप्रसार घिमिरे, विनोद कुमार गुनी, चन्द्रावती खत्री लटौला र सोमनाथ खनाल चयन हुनुभएको विद्यालयका प्रधानाध्यापक एवम् विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव एकराज गौतमले जानकारी दिनुभएको छ ।