हेटौँडा ः चितवन जिल्लाको भरतपुर महानगरपालिका–१३, बाटुली पोखरीमा रुखबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहु जिल्लाको भिमाद नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१३, ब्रम्हपुरी बस्ने ५० वर्षीय भागवत लम्साल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सोमबार बिहान ८ बजेको समयमा लम्साल बाटुली पोखरी सामुदायिक वनमा रुखबाट घाँस झार्ने क्रममा लडेर घाईते भएका थिए । घाइते लम्साललाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । उपचारको क्रममा लम्सालको दिउँसो १२ बजेर ४५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।