हेटौँडा ः जेसीआई बकैयाको वर्ष २०२५ को अध्यक्षमा सौभाग्य दुतराज निर्वाचित हुनुभएको छ । बिहीबार भएको साधारणसभाले सौभाग्यलाई सर्वसम्मत् अध्यक्ष चयन गरेको हो ।
निर्वाचन आयुक्त अमोद बस्नेतका अनुसार कार्यकारिणी उपाध्यक्षमा विवेक बोलखे र आशिष बास्तोला, उपाध्यक्षमा सुनिल भोम्जन, समीर कार्की, विष्णु घिमिरे र रोजित लामिछाने चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्षले पदस्थापनको दिन महासचिव, कोषाध्यक्ष, कानूनी सल्लाहकार, शाखा सम्पादक लगायतका पदमा मनोनित गर्नुहुनेछ । युवा वर्गको नेतृत्व क्षमता र व्यक्तित्व विकास गर्ने उद्देश्यले जेसीजले विविध क्रियाकलाप गर्ने गरेको छ ।