नवनिर्वाचित अध्यक्ष विनोद सुवेदी ।

हेटौँडा ः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मकवानपुरको अध्यक्षमा पुनः विनोद सुवेदी सर्वसम्मत चयन हुनुभएको छ । शुक्रबार हेटौंडामा भएको प्याव्सन मकवानपुरको २० औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनले सुवेदीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

सुवेदी हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलका प्रिन्सीपल हुनुहुन्छ । वरिष्ठ उपाध्यक्षमा राजकुमार नहर्की, उपाध्यक्षमा नविन केसी र लक्ष्मी श्रेष्ठ, सचिवमा विष्णुहरि सुवेदी, कोषाध्यक्षमा उपेन्द्र सुवेदी, सहसचिवमा रामबाबु सापकोटा, सहकोषाध्यक्षमा भरत सापकोटा चयन हुनुभएको छ । यसैगरी सदस्यमा रमिता पाण्डे, गिता आचार्य र रिना आचार्य चयन हुनुभएको छ ।

शुक्रबार प्याव्सन केन्द्रीय समितिका अध्यक्ष डीके ढुंगानाको प्रमुख आतिथ्यमा साधारणसभा तथा अधिवेशनको उद्घाटन समारोह भएको थियो । कार्यक्रममा प्याव्सन बागमती प्रदेश समितिका अध्यक्ष केशवलाल श्रेष्ठको पनि आतिथ्य रहेको थियो । नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ । प्याव्सन मकवानपुरका ६२ सदस्य विद्यालयमध्ये ५४ वटा विद्यालय नवीकरण भएका छन् ।

नवनिर्वाचित समितिका अध्यक्ष तथा पदाधिकारीहरु सपथग्रहण गर्दै ।