हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाभित्र रहेका विद्यालयमा अध्ययनरत् विद्यार्थीको अभिभावकलाई सचेतना कार्यक्रम आयोजना गरिँदैछ । मनहरी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा रजैया, मकवानपुरले अभिभावकहरुलाई बुधबारदेखि सचेतना दिने जनाएको छ । शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार समृद्ध मनहरीको आधार भन्ने उद्देश्यले सचेतना कार्यक्रम विद्यालयहरुमा आयोजना गर्न लागिएको हो ।

सचेतना कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने मनहरी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख प्रदीप पराजुलीले जानकारी दिनुभयो । पहिलो दिन पुस १७ गते जनज्योति आधारभूत विद्यालय, दोस्रो दिन १८ गते प्रजा आधारभूत विद्यालय, तेस्रो दिन १९ गते पशुपतिनाथ माध्यमिक विद्यालयमा अभिभावकहरुलाई सचेतना दिन लागेको बताउनुभयो । यस्तै २० गते ब्रम्हकाली आधारभूत विद्यालय, २१ गते रािष्ट्रय माध्यमिक विद्यालय, २२ गते राष्ट्रिय रोटरी माध्यमिक विद्यालय, २३ गते सगरमाथा आधारभूत विद्यालयमा कार्यक्रम हुने बताउनुभयो । बालबालिकाको पढाइको अवस्थासँगै भविष्यप्रति चिन्चित हुन र विद्यालयको अवस्थाबारे बुझ्न अभिभावकलाई कार्यक्रममा सचेत गराइने उहाँको भनाई छ । मनहरी गाउँपालिकामा ३२ वटा सामुदायिक र ७ वटा संस्थागत विद्यालय छन् । जसमा ८ हजार ५ सय विद्यार्थी अध्ययनरत् छन् ।