हेटौंडाः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी बिस्तार कार्यक्रम गरेको छ । रास्वपा गाउँ कमिटीले सोमबार भीमफेदी गाउँपालिका–१ मा पार्टीको विस्तार कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्ला सभापति भरत पराजुलीको प्रमुख आतिथ्य र चन्द्र तितुङको सभाध्यक्ष रहेको थियो । भेलाबाट चन्द्र तितुङको अध्यक्षतामा सर्वसम्मत रास्वपाको वडा कमिटी गठन गरिएको छ ।
हरेक वडामा रास्वपा कमिटी गठन गरी पार्टी बिस्तार गर्ने उद्देश्यले कमिटी गठन गरिएको रास्वपा जिल्ला सचिव सञ्जीव पाठकले जानकारी दिनुभयो । कार्यक्रममा रास्वपाका क्षेत्रीय सभापतिद्वय सुरेश थापा र निराजन बर्तौला, जिल्ला सहसचिव उमेश थापा, राजु थापालगायतको उपस्थिति रहेको थियो । यसअघि विभिन्न वडामा पार्टी कमिटी गठन गरिसककेको जिल्ला सचिव पाठकले बताउनुभयो । आज मंगलबारदेखि राक्सिराङ गाउँपालिकाको विभिन्न वडामा पार्टीको भेला र कमिटी बिस्तार कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।