हेटौँडा ः हेटौँडा–१६, हटियामा दुई पांग्रे मोटरसाइकल र स्कुटरका लागि यामाहा कम्पनिको आधिकारिक स्पेयर पार्टससहित सर्भिस सेन्टर सञ्चालनमा आएको छ । हेटौँडा–४, मेनरोडस्थित आधिकारिक विक्रेता राज मोटर्समार्फत स्थानीय विपेश कार्कीले आधिकारिक स्पयेर पार्टससहित सर्भिस सेन्टर सञ्चालनमा ल्याउनुभएको हो ।
हेटौँडा–६, १५ र १७ नम्बर वडाका अध्यक्षहरु विष्णुबहादुर दाहाल, सुनिल मोक्तान र उद्धव सत्यालसहित यामाहा कम्पनिको हेटौँडाका लागि आधिकारिक विक्रेता राज मोटर्सका सञ्चालक राजन श्रेष्ठले संयुक्तरुपमा सर्भिस सेन्टरको उद्घाटन गर्नुभएको हो । यसअघि मोटरसाइकल वर्कसपको रुपमा सञ्चालनमा रहेको पाँच पाण्डव मोटरसाइकल वर्कसपले आफ्नो सेवालाई गुणस्तरीय बनाउने क्रममा आधिकारिक स्पेयर पार्टस् र सर्भिस सेन्टरको रुपमा रुपान्तरण गरेको हो । करिब १५ लाख रुपैयाँको लागतमा आधिकारिक सेवा केन्द्रको रुपमा स्थापित गरिएको छ ।
आधिकारिक स्पेयर पार्टससहित सर्भिस सेन्टर उद्घाटनको अवसरमा आइतबारदेखि मंगलबारसम्म टेस्ट राइड, मोटरसाइकल, स्कुटरको निशूल्क परीक्षण, एफआई चेकअप क्याम्प सञ्चालन गरिएको राज मोटर्सका सञ्चालक राजन श्रेष्ठले जानकारी दिनुभयो ।