साधारणसभाका आयोजक तथा अतिथिहरु ।

हेटौैंडाः हेटौँडा–४ स्थित श्रमिक सुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष नवराज अर्यालको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्रिप्रसाद लम्सालको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भएको हो । साधारणसभामा वडाध्यक्ष नवीन सिग्देलको पनि आतिथ्य रहेको थियो ।

आर्थिक वर्ष २०८०/८१ को आर्थिक प्रतिवेदनअनुसार २ हजार २२ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी ३ करोड १३ लाख ७५ हजार रुपैयाँ रहेको छ । सहकारीमा १६ करोड ८५ लाख ८१ हजार रुपैयाँ बचत संकलन गरेको सहकारीले १६ करोड ४ लाख २३ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।

साधारणसभाको अवसरमा सहकारीले ज्येष्ठ सदस्य हाजिरमान भुलुन र जगतमाया बासुकला, नियमित मासिक बचतकर्ता रामकुमार भट्टराई र निला सुुवेदी, अधिकतम बचत गर्ने सदस्य विनोद कुमार पुडासैनी, ऋणमा अधिकतम ब्याज तिर्ने कमल श्रेष्ठ, नियमित ऋणको किस्ता भुक्तानी गर्ने प्रविणा कुमारी कार्कीलाई सम्मान गरिएको छ । यस्तै सेयर सदस्य परिवारका विद्यार्थी मध्ये कक्षा–१० मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी सन्ध्या देउजालाई सम्मान गरिएको थियो ।