हेटौँडा ः जेसीआई हेटौँडाको अध्यक्षमा पंकज दास बनियाँ निर्वाचित हुनुभएको छ । वर्ष २०२५ का लागि शनिबार भएको निर्वाचनमा विवेक आनन्द न्यौपानेलाई पराजित गर्दै बनियाँ अध्यक्ष निर्वाचित हुनुभएको हो ।
शनिबार साँझ सम्पन्न निर्वाचनमा ९२ मतसहित बनियाँ निर्वाचित हुनुभएको हो । अध्यक्षका अर्का आकांक्षी विवेक आनन्द न्यौपानेले ८८ मत प्राप्त गर्नुभयो । जेसीआई हेटौँडाका एक सय ९९ सदस्य मध्ये शनिबार सम्पन्न निर्वाचनमा एक सय ८० जनाले मतदान गरेका थिए ।