हेटौँडा ः प्रदेश राजधानी हेटौँडामा जारी बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा नुवाकोटको बट्टार युथ क्लब विजयी भएको छ । आज शनिबार सम्पन्न पहिलो खेलमा बट्टार युथ क्लबले दोलखाको टाइगर टिमलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।
बट्टार युथ क्लबका किसान साह म्यान अफ द म्याच घोषित भएका छन् । अहिले दोस्रो खेलमा भक्तपुर र सिन्धुपाल्चोकबीच खेल सुुरु भएको छ । फाइनल खेल पुस २० गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख रुपैयाँ र उपविजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।