हेटौँडा ः गत सोमबार (पुस ८ गते) राती ८ बजेको समयमा मकवानपुर जिल्लाको थाहा नगरपालिका–१०, मूलगाउँमा कुटपिटबाट घाइते ५३ वर्षीय हिराकाजी गोपालीको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ ।
सोमबार राती आगो ताप्ने क्रममा विवाद हुँदा ४७ वर्षीय जयराम गोपालीले हिराकाजीमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जयरामको कुटपिटबाट घाइते भएका हिराकाजीको काठमाडौंस्थित दीर्घायु अस्पतालमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ । जयराम गोपाली प्रहरी नियन्त्रणमा रहेको छ । प्रहरीले घटनासम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।