Home मुख्य समाचार करेसा बारीमा पानी लगाउने क्रममा करेन्ट लागेर अधिकारीको मृत्यु

करेसा बारीमा पानी लगाउने क्रममा करेन्ट लागेर अधिकारीको मृत्यु

हेटौँडाः सिन्धुली जिल्लाको दुधौली नगरपालिका–४, बैरामा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय मल्लु अधिकारी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बिहीबार दिउँसो १ बजेर ३० मिनेटको समयमा अधिकारी कमला खोलामा रहेको सिचाईको मोटर चलाई करेसा बारीमा पानी लगाउने क्रममा करेन्ट घोप्टो परेको अवस्थमा फेला परेका थिए । अधिकारीलाई उपचारका लागि दिउँसो २ बजेको समयमा नेपाल आमा मेमोरीयल हस्पिटलमा लगिएकोमा हस्पिटलको डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version