Home अर्थ/व्यापार हेटौँडामा तरकारीको मूल्य घट्यो

हेटौँडामा तरकारीको मूल्य घट्यो

तरकारी बजारमा विक्रीका लागि राखिएको तरकारी ।

हेटौँडाः हेटौँडास्थित थोक तरकारी बजारमा तरकारीको मूल्य घटेको छ । स्थानिय तरकारी बजारमा आए संगै तरकारीको भाउ घटेको हो । बिहीबारको तुलनामा शुक्रबार तरकारीको मूल्य घटेको छ । हेटौँडा सबैभन्दा सस्तो तरकारीमा रायोको साग रहेको छ । रायोको साग शुक्रबार प्रतिमुठा १५ रुपैयाँमा बिक्री भएको हेटौँडा–१ स्थित थोक तरकारी बजारको परिजात फलफूल तथा तरकारी सप्लायर्सका प्रोप्राइटर बद्रि घिमिरेले जानकारी दिनुभयो ।

थोक बजारमा शुक्रबार काउली, गोलभेडा, भण्टा, गाजर लगायत तरकारीको मूल्य घटेको छ भने तितेकरेला, केराउकोसा, लसुनको समग लगायत तरकारीको मूल्य बढेको छ । बिहीबार प्रतिकिलो ८० रुपैयाँमा बिक्री भएको काउली शुक्रबार ३० रुपैयाँले भाउ घटेर ५० रुपैयाँमा बिक्री भएको छ भने गोलभेडा २० रुपैयाँले भाउ घटेर ७० रुपैयाँमा बिक्री भएको छ ।
प्रतिकिलो केराउकोसा १५० रुपैयाँ, लसुनकोसाग १५० रुपैयाँ, धनियाँ ८० रुपैयाँ, बन्दा ३० रुपैयाँ, घिउसिमी ८० रुपैयाँ, घरसिमी ६० रुपैयाँ, तितेकरेला १२० रुपैयाँ, मुला ३० रुपैयाँ, नयाँ आलु ६० रुपैयाँ, लौका ५० रुपैयाँ, हरियो खुर्सानी ७० रुपैयाँ, हरियो प्याज साग ६० रुपैयाँ प्रतिकिलो विक्री भएको छ ।

यस्तै पाकेको फर्सी ३५ रुपैयाँ, हरियो फर्सी ६० रुपैयाँ, गाँजर ९० रुपैयाँ, मकै बोडी ६० रुपैयाँ, कागती १५० रुपैयाँ, काँक्रो ८० रुपैयाँ, भन्टा ६० रुपैयाँ, भिडे खोर्सानी ११० रुपैयाँ, इस्कुस २५ रुपैयाँ, भिन्डी १२० रुपैयाँ, चमसुर पालुङ्गो साग ३० रुपैयाँ, सुप साग ३० रुपैयाँ, र पत्ता च्याउ १३० रुपैयाँ किलो बिक्री भएको घिमिरेले बताउनुभयो ।

स्थानीय तरकारीको उत्पादन फेरी बढ्न थालेका कारण अब बजारमा तरकारीको भाउ घट्दै जानेछ । बजारमा मकवानपुर भन्दा बाहिरको तरकारी नल्याएको र स्थानिय तरकारीको उत्पादनमा कमी आए भाउ बढ्ने र उत्पादन बढ्ेमा भाउ घट्ने घिमिरेले बताउनुभयो ।

Exit mobile version