हेटौँडाः मकवानपुरको बकैया गाउँपालिकामा एक शिक्षकको निधन भएको छ । बकैया–७ स्थित जनक माध्यमिक विद्यालयकी एक शिक्षकको निधन भएको हो ।

सोमबार विद्यालयकी शिक्षक विनिता आम्गाईको निधन भएको बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक आम्गाईले आत्महत्या गरेकी थिइन् । सो विद्यालयमा करारमा कार्यरत आम्गाई २ सन्तानकी आमा हुन् ।

शिक्षिका आम्गाईंको निधनमा दुःख व्यक्त गर्दै बकैया गाउँपालिकाले भोलि पुस २ गते पालिकाको सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाले दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो।