मत गणना गरिँदैको तस्वीर ।

हेटौँडाः नेकपा एमाले हेटौंडा उपमहानगर कमिटीको दोस्रो नगर अधिवेशन अन्तर्गत भएको निर्वाचनमा ३२७ जनाले मतदान गरेका छन् । नयाँ नेतृत्व चयनका लागि सोमबार सम्पन्न मतदानमा ३२७ जनाले मतदान गरेका हुन् ।

निर्वाचनको कार्यक्रम अन्तर्गत मतदानका लागि विहान ११ बजेबाट ३ बजेसम्मको समय निर्धारण गरिएको थियो । उक्त अवधिमा ३३४ प्रतिनिधि मध्ये ३२७ जनाले मतदान गरेका हुने भने ७ जनाले मतदानमा सभागिता जनाएनन् । हेटौंडा उपमहानगरपालिका –५ सानोपोखरा पुष्लालस्थित एमाले मकवानपुरको कार्यालयमा मतदानको कार्यक्रम संचालन गरिएको थियो । निर्वाचनबाट ८१ सदस्यीय हेटौंडा उपमहानगर कमिटी चयन हुने उहाँले बताउनुभयो ।

मंसिर २९ गतेदेखि संचालन भएको एमाले हेटौंडाको नगर अधिवेशनमा अध्यक्ष पदमा २ सहित पदाधीकारी र सदस्य पदमा १६ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदको लागि जेन श्रेष्ठ र बोल बहादुर कार्की प्रतिस्पर्धा गरिरहेका छन् भने उपाध्यक्ष पदको लागि ईन्द्र प्रसाद खतिवडा, धनबहादुर मोक्तान र राजकुमार बास्तोला चुनावी मैदानमा रहेका छन् ।

त्यसैगरी, सचिब पदको लागि प्रकाश बानियाँ र शान्ता गौतम (प्रदीप) उम्मेदवार छन् । उप सचिव पदको खुल्ला तर्फ अर्जुन प्रसाद अर्याल, कवि रेग्मी, भिम तिमल्सीना, शान्तेकुमार लामा तामाङ, शिव बहादुर थापा र सुरेश मिजार (बेरोजगार) प्रतिस्पर्धामा रहेका छन् । महिला उपसचिव पदको लागि चन्द्रावती पनेरु अधिकारी, जुना दंगाल र रञ्जिता सिलवालका उम्मेदवार बनेका छन् ।