हेटौँडाः हेटौँडा–१८ स्थित कमला आधारभुत विद्यालायलाई शौक्षिकक सामग्री सहयोग गरिएको छ । कपि, पेन्सील, पेन, भलिबल, फुटबललगायतको शौक्षिक सामग्री वडा नम्बर १८ ले प्रदान गरेको हो । विद्यालायले अतिरिक्त कार्यक्रमकालाई सामग्री मागको निवोदन दिएपछी बिहिबार वडाल सामग्री उपलव्ध गराएको हो ।
शैक्षिक सामग्री विद्यालयमा अनौपचारिकरुपमा कार्यक्रम आयोजना गरी वितरण गरिएको हो । सामग्री वडा सचिब महेश पुडासैनीले प्रदान गर्नुभयो र विद्यालाय व्यवस्थापन समितिका अध्यक्ष तेयानाथ तिमल्सिनाले ग्रहण गर्नुभएको थियो । अध्यक्ष तिमल्सिनाले वडाले सो सामग्री प्रदान गर्दा विद्यालयको अतिरिक्त कार्यक्रमा सञ्चालन गर्न सहाज हुने भन्दै वडा परिवारलाई धन्यवाद व्यक्त गर्नु भएको प्रध्यानाध्यापक गोविन्द उप्रेतीले जानकारी दिनुभयो ।