हेटौँडाः हेटौँडा–१, जरुवाटोलमा ९० वटा बंगुर मरेका छन् । हेटौँडा आधुनिक कृषी पशुपन्छी तथा माछा फर्मका संचालक सूर्य कुमार अधिकारीको फर्ममा ९० वटा बंगुर मरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

अधिकारीको फर्ममा २४ गतेदेखि शुुक्रबारसम्म साना बच्चाहरु र ठुला माउ समेत गरी जम्मा ९० वटा बंगुरको मृत्यु भएको थियो । स्थानीय भेटेनरीका डाक्टरहरुले रसियन भाइरसक कारण मृत्यु भएको बताएको प्रहरी चौकि चौकीटोल मातहतका प्रहरी सहायक निरक्षक सन्जीत साहले जानकारी दिनुभयो । थप परीक्षणका लागि स्याम्पल् काठमाडौं लगिएको साहले बताउनुभयो । यो रोग बङ्गुरमा मात्र देखा परेको छ ।