धान रोपाइँ गरिएको खेतका गह्राहरु । फाइल तस्वीर

हेटौंडाः असार मसान्तसम्ममा मकवानपुर जिल्लामा ७० प्रतिशत धान रोपाई सकिएको छ । यस वर्ष राम्रो वर्षा भएकाले समयमै धान रोपाई सकिने अनुमान गरिएको छ । करिब ११ हजार हेक्टर क्षेत्रफलमा वर्षे धान रोपाई हुने मकवानपुर जिल्लामा असार मसान्तसम्ममा ७ हजार ५ सय ५० हेक्टर क्षत्रफलमा रोपाई भैसकेको बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि शाखाका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिनुभयो ।

बागमती प्रदेशमा भने असार मसान्त सम्ममा ७५ प्रतिशत धान रोपाई भैसकेको सूचना अधिकारी अनुप अधिकारीले बताउनुभयो । प्रदेशमा सबैभन्दा धेरै वर्षे धान रोपाई हुने जिल्ला चितवन हो । चितवनमा असार मसान्तसम्ममा ७५ प्रतिशत रोपाई सकिएको मन्त्रालयले जानकारी दिएको छ ।