मकवानपुरगढी गाउँपालिकाका किसानले उत्पादन गरेका तरकारी बजार ल्याउने तयारी गर्दै । फाइल तस्वीर ।

हेटौंडाः हेटौंडाको थोक तरकारी बजारमा तरकारीको भाउ बढेको छ । वर्षा लागेसँगै तरकारीको मूल्य बढ्न थालेको हो । शनिबार भेँडे खुर्सानी, रायोको साग, हरियो फर्सी, बोडी, करेला, भिन्डीको भाउ बढेकोे छ । शनिबार भेँडे खुर्सानी ७० देखि ८० रुपैयाँमा कारोबार भएको छ । शुक्रबारको तुलना शनिबार बजारमा बढी तरकारी आएको र विक्री पनि बढि मुल्य भएको व्यवसायी शारदा पाठकले बताउनुभयो ।

शुक्रबार प्रतिकेजी २५ रुपैयाँमा कारोबार भएको करेला शनिबार प्रतिकेजी ३० रुपैयाँमा कारोबार भएको छ । यस्तै च्याउ २०० रुपैयाँमा कारोबार भएको छ भने भिन्डी ५० रुपैयाँमा विक्री भएको छ । शनिबार रायोको साग प्रतिमुठा १५ देखि २० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार प्रतिकेजी २० रुपैयाँमा कारोबार भएको लौका शनिबार २५ रुपैयाँदेखि ३० रुपैयाँमा कारोबार भएको छ ।

अहिले बजारमा मटरकोसा आएकै छैन । फर्सीको मुन्टा शनिबार प्रतिमुठा ४० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै शुक्रबार बोडी प्रतिकेजी ४० रुपैयाँमा कारोबार भएको थियो भने शनिबार प्रतिकेजी ५० रुपैयाँमा कारोबार भएको छ ।