तरकारी बजारमा विक्रीका लागि राखिएको तरकारी ।

हेटौँडाः हेटौँडास्थित थोक तरकारी बजारमा तरकारीको मूल्य घटेकोे छ । मंगलबार बजारमा गोलभेडा, हरियो खुर्सानी, मुला, बन्दा, काक्रोको मूल्य घटेको छ भने हरियो धनियाँको मूल्य बढेको छ । सोमबार प्रतिकिलो ५० रुपैयाँमा बिक्री भएको धनियाँ मंगलबार ५० रुपैयाँले भाउ बढेर १०० रुपैयाँ पुगेको छ ।

मंगलबार काउली, केराउकोसा, लौकालगायत तरकारीको मूल्यमा कुनै पनि घटबढ नभएको हेटौँडा–१ स्थित थोक तरकारी बजारको परिजात फलफूल तथा तरकारी सप्लायर्सका प्रोप्राइटर बद्रि घिमिरेले जानकारी दिनुभयो ।

थोक तरकारी बजारमा मंगलबार सबैभन्दा सस्तो तरकारीको रुपमा रायोको साग रह्यो । मंगलबार थोक बजारमा साग प्रतिमुठा१५ रुपैयाँ, लसुनको साग १०० रुपैयाँ, काउली ७० रुपैयाँ, गोलभेडा ७५ रुपैयाँ, केराउकोसाको मूल्य एक सय ५० रुपैयाँ, बन्दा ३० रुपैयाँ, घिउसिमी १०० रुपैयाँ, घरसिमी १०० रुपैयाँ, तितेकरेला १२० रुपैयाँ, मुला ४० रुपैयाँ, नयाँ आलु ६२ रुपैयाँ, लौका ४० रुपैयाँ, खुर्सानी ५० रुपैयाँ, हरियो प्याज साग ६० रुपैयाँ प्रतिकिलो विक्री भएको छ ।

यस्तै पाकेको फर्सी ५० रुपैयाँ, हरियो फर्सी ६० रुपैयाँ गाँजर १२० रुपैयाँ, मकै बोडी ४० रुपैयाँ, कागती २०० रुपैयाँ, काँक्रो ८० रुपैयाँ, भन्टा ६० रुपैयाँ, भिडे खोर्सानी ८० रुपैयाँ, इस्कुस २० र भिन्डी १२० रुपैयाँ, चमसुर पालुङ्गो साग ३५ रुपैयाँ, सुप साग ३० रुपैयाँ, र पत्ता च्याउ १२० रुपैयाँ किलो बिक्री भएको घिमिरेले बताउनुभयो । स्थानिय तरकारी बजारमा आएको कारण तरकारीको मूल्यका गिरावट आएको हो । स्थानिय उत्पादनको काउली, बन्दा लगाएतका तरकारीहरु अहिले काठमाण्डौ, नारायणघाट लगायतका बजारमा बिक्री गरिएको छ भने बाहिरबाट भिडे खुर्सानी, हरियो खुर्सानी, पर्वल लगायतका तरकारी आयात गरिने गरेको घिमिरेले बताउनुभयो ।