हेटौंडाः मकवानपुर बहुमुखी क्याम्पसको वाणिज्य संकायअन्तर्गत स्नातक तह चौथो वर्षका विद्यार्थी अन्वेश पोखरेलले त्रिभूवन विश्वविद्यालयले लिएको वार्षिक परीक्षामा विश्वविद्यालय टप गरेका छन् । हालै सार्वजनिक भएको स्नातक तह (बिबिएस) चौथो वर्षको नतीजाअनुसार पोखरेलले ८८.२ प्रतिशत प्राप्ताङ्कसहित त्रिभूवन विश्वविद्यालय (टियु) टप गरेका हुन् ।
पोख्ररेलले नेपाल टप गरेको मकवानपुर बहमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख संगम चौलागाईँले जानकारी दिनुभयो । मकवानपुर बहमुखी क्याम्पसबाट मात्र २ सय ८५ विद्यार्थीले परीक्षामा सहभागी जनाएका थिए । पोखरेलले स्नातक तहमा समग्रमा पनि टियु टप गर्ने विद्यार्थी हुने अनुमान गरिएको छ । ४ वर्षे कार्यक्रममा सबै वर्षको नतीजालाई विश्लेषण गरेर अन्तिम नतीजा सार्वजनिक हुन भने केही समय लाग्ने बताइएको छ ।