हेटौँडाः मकवानपुरको बकैया गाउँपालिका–४ स्थित महेन्द्र माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीका लागि नियमित अतिरिक्त क्रियाकलापका सन्दर्भमा संस्मरण तथा यात्रा संस्मरण सहजीकरण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा ६ कक्षादेखि १२ कक्षासम्मका ३५ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
झरना–महेन्द्र बाल साहित्य समितिकी अध्यक्ष प्रदिना खड्काको सभाध्यक्षतामा आयोजित सो कार्यक्रमको सहजीकरण यात्रा संस्मरणकार रमेशमोहन अधिकारीले गर्नुभएको थियो । सहजीकरण पश्चात् स्थलगत यात्रा संस्मरण प्रतियोगितासमेत आयोजना गरिएको कार्यक्रममा आधारभूत तहतर्पm रीतिका लामिछाने, माध्यमिक तह (कक्षा ९—१०) तर्पm मुनुमाया स्याङ्बो तथा माध्यमिक तह (कक्षा ११—१२) तर्पm अनिल बल उत्कृष्ट भएका थिए । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक उद्धवप्रसाद सापकोटा तथा शिक्षकहरू खेमबहादुर विक, पंकजकुमार यादव, अनु राई, शुभद्रा दाहाल लगायतको उपस्थिति रहेको थियो ।