हेटौँडाः हेटौँडा–१८, ठुलोदमारस्थित श्री वैदिक वानप्रस्थ आश्रमको आयोजनामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञ आइतबारबाट हेटौंडा–१८, ठूलोदमारस्थित श्री वैदिक संस्कृत गुरूकुलको प्राङ्गणमा आयोजना हुने मूल समारोह समितिका सचिव हर्क रम्तेलले जनकारी दिनुभएको छ ।

महायज्ञमा डा. स्वामी चक्रपाणी आचार्य प्रमुख वाचक हुनुहुने छ । यस्तै गुरुकुलका प्राचार्य खगेन्द्राचार्य स्वामी उपवाचक हुनुहुने छ । आइतबार विहान ७ बजे गुरूकुल प्राङ्गणबाट कलशयात्रा गरी दिउँसो १ बजेदेखि महायज्ञ सुरु हुने तालिका रहेको रम्तेलले जनकारी दिनुभयो । महायज्ञको मुख्य उद्देश्य एक सय जनासम्म पढ्न सक्ने बटुकहरूको आवासीय गुरुकुलको व्यवस्थापन गर्ने, पृथ्वी, जल, तेज, वायु र आकाश यी पाँच तत्वहरू प्राप्त हुने पञ्चतत्व पार्क बनाएर मानव जगतलाई स्वस्थ पार्ने, २ सय भन्दा बढि प्रकारका जडीबुटीहरूको संग्रह गरी प्रत्येक जडीबुटीहरूको नाम, गुण, धर्म सहितको जडीबुटी वाटिका निर्माण गर्ने रहेको सचिव रम्तेल बताउनुहुन्छ ।

यस्तै विभिन्न फलहरूको उद्यान बनाएर विरुवाहरू निशुल्क उपलब्ध गराउने, स्थानीय प्रजातिका गाईहरूको संरक्षण, सम्बर्धन गर्न गौशाला बनाउने, आयुर्वेदिक औषधी निर्माण गर्ने र ऋषिकुल तयार गर्ने उद्देश्य रहेको छ ।