सांकेतिक तस्वीर ।

हेटौँडाः धादिङ जिल्लाको निलकण्ठ नगरपालिका–१०, ज्यामरुङमा बाटोबाट लडेर २५ मिटर तल खस्दा घाइते ४० वर्षीय पदमबहादुर शाही ठकुरीको मृत्यु भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारी अनुसार बुधबार साँँझ ६ बजेको समयमा ठकुरी आफ्नो घर नजिक रहेको गोरेटो सडक हिँड्ने क्रममा बाटोबाट २५ मिटर तल बारीमा खसेर घाईते भएका थिए । घाइते ठकुरीको जिल्ला अस्पताल धादिङबेशी सामान्य उपचार पश्चात थप उपचारका लागि बेलुका ७ बजेर ३० मिननेटको समयमा काठमाडौं रिफर गरिएको थियो । ठकुरीलाई टिचिङ अस्पताल मलेखु लगिएकोमा राती ८ बजेर ३० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।