हेटौँडाः नेपाल मुस्लिम इत्तेहात संगठन जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा भएको प्रथम संस्करणको टि–१० क्रिकेट प्रतियोगिताको उपाधि पठान स्ट्राइकर्सले जितेको छ । शनिबार हेटौँडा–४, हुप्रचौरमा भएको फाइनल खेलमा चितवन जिल्लाको आरआरसी क्लबलाई ३ रनले पराजित गर्दै पठान स्ट्राइकर्सले उपाधि जितेको हो ।
प्रतियोगिताको उपाधि विजेता पठान स्ट्राइकर्सले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्लेयर अफ द सिरिज बिके सहनी घोषित भएका छन् । नेपाल मुस्मिल इत्तेहाद संघका जिल्ला इन्चार्ज मोहमत सफिकको सभाध्यक्षमा तथा बागमती प्रदेशको प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोह भएको हो । पुरस्कार वितरण समारोहमा मुस्लिम इत्तेहाद संगठनका प्रदेश अध्यक्ष मोहमद समीमको विशिष्ट आतिथ्य रहेको थियो ।