उपाधिसाथ हेटौँडा उपमहानगरपालिकाको टिम ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले चितवन जिल्लाको रत्ननगर नगरपालिकामा भएको तेस्रो संस्करणको अन्तरपालिका रत्ननगर मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार चितवनको रत्ननगर नगरपालिकामा भएको फाइनल खेलमा राप्ती नगरपालिकाको टिमलाई २–१ गोलले हराउँदै हेटौँडाले उपमहानगरपालिकाले उपाधि जितेको हो ।

हेटौंडाबाट सामुयल सुनारले एक र पेनाल्टी मार्फत रोशन दोङले एक गोल गरेका थिए । म्यान अफ द म्याच सामुयल सुनार घोषित भएका छन् । प्रतियोगिताको प्लेयर अफ टुर्नामेन्ट घोषित हुँदै रोशन दोङले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । हेटौंडाका छिरिङ लामाले एक गोल गर्दा राप्ती नगरले उपहार स्वरुप गोल प्राप्त ग¥यो । प्रतियोगिताको उपाधि विजेता हेटौंडाको टिमले २ लाख ११ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता राप्ती नगरपालिको टिमले टिमले १ लाख ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलमा हेटौँडाको टिमसँगै नगर प्रमुख मीना कुमारी लामासहित वडा अध्यक्षहरु, खेलकुद विकास समितिका अध्यक्ष तथा सदस्यहरुको पनि रत्ननगर पुग्नुभएको थियो ।