हेटौंडाः बागमती प्रदेश सभाको बैठक आज आइतबार बिहान ११ बजे बस्दैछ । प्रदेशका ऐनको संशोधनका लागि प्रदेश सभा बैठकमा छलफल चलिरहेको छ । बागमती प्रदेश सभा बैठककै विषयमा शनिबार प्रदेश कार्य व्यवस्था परामर्श समिति र प्रदेश मामिला समितिको बैठक बसेको थियो । समितिको बैठकमा प्रदेश सभा बैठकमा पेश भएका विधेयकका बारेमा छलफल भएको बागमती प्रदेश सभाका सचिव कृष्णहरी खड्काले जानकारी दिनुभयो ।