हेटौंडाः हेटौंडा–५ का एकजना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डबाट शुक्रबार २१ जनाको स्वाब संकलन गरी कोरोना परिक्षण गर्न हेटौंडा–१०, स्थित कोरोना प्रयोगशालामा पठाइएकोमा शनिबार एक पुरुषमा संक्रमण पुष्टि भएको हो । हेटौंडा वडा नम्बर ५ का २१ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाइले जानकारी दिनुभयो । कोरोना संक्रमित पुरुष आइसोलेसन वार्डमा छन् ।