हेटौँडाः लोकतन्त्रवादी कानुन व्यवसायीहरुको साझा संस्था डेमोक्रेटिक लयर्स एशोसियसन (डीएलए) को ३५ औं वार्षिकोत्सव हेटौंडामा मनाइएको छ । डीएलए जिल्ला अध्यक्ष अधिवक्ता कृष्णप्रसाद न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा डीएलए केन्द्रका पूर्ववरिष्ठ उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्लेको प्रमुख आतिथ्य रहेको थियोे ।
प्रमुख अतिथि काफ्लेले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सम्पूर्ण मानिसको न्याय निष्पक्ष तरिकाले गर्नु नै डीएलएको मूल उद्देश्य रहेको बताउनुभयो । उहाँले डीएलए , आरपिएलए, पीपिएलए, एसपिएलए, जिल्ला बार एसोसिएसन कानुन व्यवसायीहरुको संस्था भएको बताउनुयो । अधिवक्ताहरुले प्रभावमा नआई न्याय दिलाउने काम गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
डेमोक्रेटिक लयर्स एशोसियसन (डीएलए) मकवानपुरको आयोजनामा भएको कार्यक्रममा डीएलए बागमती प्रदेश सदस्य अधिवक्ता सुवासचन्द्र अधिकारी, उच्च अदालत बार एशोसियसनका उपाध्यक्ष हरि प्रसाद भट्ट, तत्कालीन पुनरावेदन बार एशोसियसनका अध्यक्ष अधिवक्ता केशव प्रसाद गौतम, मकवानपुर जिल्ला बार एशोसिएसनका पूर्व अध्यक्ष अज्मिर केसी, डीएलए मकवानपुर जिल्ला उपाध्यक्ष मोहनप्रसाद भट्टराई, सचीव श्रद्धा ढुङ्गाना , अधिवक्ता आरके मैनाली लगायतकाको आतिथ्यता रहेको थियो ।