हेटौँडाः चितवन जिल्लाको राप्ती नगरपालिका–९, ब्रह्मनगरमा मोटरसाइकल अनियन्त्रीत भई पल्टँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान ९ बजेर ३० मिनेटको समयमा अमृतपानीबाट खुरखुरे तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२५ प ९८९७ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रीत भई दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

मोटरसाइकल अनियन्त्रीत हुँदा अमृतपानी बस्ने २१ वर्षीय अविक पुन गम्भिर घाइते भएका थिए । घाइते पुनलाई उपचारका लागि काठमाण्डौ लगिएकोमा उपचार हुन नसके पश्चात सरकारी अस्पताल भरतपुर ल्याएको थियो । भरतपुर अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ ६ बजेर ३० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।