हेटौँडाः काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१३, रोटेपिङ डाँडामा निशान गाडि आँफै अनियन्त्रित भई सडकबाट खस्दा २ जनाको मृत्यु भएको छ । बिहीबार साँझ ५ बजेर १५ मिनेटको समयमा भित्री सडक खण्डमा ठाँटीबाट रोटेपिङडाँडा तर्फ जाँदै गरेको बा ५ ख २२०२ नम्बरको निशान गाडि आँफै अनियन्त्रित भई सडकबाट दुई सय मिटर तल मानेखोलामा खसी दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा चालक पाँचखाल नगरपालिका–१३ का ३५ वर्षीय कुमार रोक्का र सहचालक २६ वर्षीय माईला रोक्का गम्भिर घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा राती १० बजेर ३० मिनेटको समयमा बाटोमानै मृत्यु भएको भनि डाक्टरले घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।