हेटौंडाः चालु आर्थिक वर्ष २०७७/७८ सुरु भएसँगै आज बागमती प्रदेश सभाको पहिलो बैठक बसेको छ । आज बसेको प्रदेश सभाको बैठकमा अघिल्लो आर्थिक वर्षको असार २५ गते २ विधेयक प्रदेश प्रमुख विष्णु प्रसाईले प्रमाणिकरण गर्नुभएको प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बागमती प्रदेशको प्रदेश प्रमुख विष्णु प्रसाईले आर्थिक वर्ष २०७७/७८ को सेवा र कार्यको लागि प्रदेशको संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्न व्यवस्था गरेको विधेयक र प्रदेश सरकारको अर्थ सम्बन्धी विधेयकलाई कार्यान्वयन गर्न बनेको विधेयक असार २५ गते प्रमाणिकरण गर्नुभएको हो ।