प्रतिबन्धित नेकपा विप्लप समूहका कार्यकर्ता प्रल्हाद गौतम धरौटीमा छुटेका छन् । मंगलबार १९ हजार धरौटी रकम बुझाएर गौतम हिरासतमुक्त भएका हुन् । बकैया गाउ“पालिका–४, छतिवनका गौतमलाई मकवानपुर प्रहरीले असार २८ गते पक्राउ गरेको थियो । विभिन्न घटनामा संलग्त भएको जनाउँदै प्रहरीले गौतमलाई पक्राउ गरेको थियो । विप्लपका कार्यकर्ता प्रल्हाद गौतमले पार्टी परित्याग गरेको घोषणा गरेसँगै अदालतको आदेशमा प्रहरीले गौतमलाई मंगलबार साँझ रिहा गरेको हो ।