हेटौँडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–१ मा अचेत अवस्थामा फेला परेका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाका ३१ वर्षीय राज कुमार कुशवाह रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
कुशवाह बिरामी भई अचेत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटी गई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । उपचारको क्रममा कुशवाहको सोमबार बेलुका ७ बजेर २० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अनुसन्धानका क्रममा कुशवाह ७ वर्षको अघिदेखि देवघाट बस्दै आएकोमा विगत एक वर्षदेखि जन्डिसको बिरामी रहेको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।