बुढीचौरका किसानले टनेलभित्र फलाएको गोलभेँडा । फाइल तस्वीर ।

हेटौँडाः हेटौँडाको थोक बजारमा गोलभेँडाको मूल्य बढेको छ । मंगलबार हेटौँडाको थोकबजारमा गोलभेँडाको मूल्य प्रतिकेजी ४५ रुपैयाँले बढेको छ । सोमबार प्रतिकेजी ११० रुपैयाँमा बिक्री भइरहेको गोलभेँडा मंगलबार प्रतिकेजी १५५ रुपैयाँमा कारोबार भएको व्यवसायी बद्रि घिमिरेले जानकारी दिनुभयो ।

मंगलबार गोलभेँडासँगै हरियो धनियाँ र काँक्रोको पनि भाउ बढेको घिमिरेले जानकारी दिनुभयो । हरियो धनियाँ प्रतिकेजी ५० रुपैयाँ बढेर २०० प्रतिकेजी र काँंक्रोमा २५ रुपैयाँ बढेर प्रतिकेजी ४५ रुपैयाँमा थोक मूल्यमा बिक्री भइरहेको छ । आलु, काउली, हरियो साग, हरियो खुर्सानी, तन्ने बोडी, करेला, घिउसिमी, बोडी लगायतका तरकारीको भाउ सोमबारकै समान रहेको छ ।