हेटौंडाः गण्डकी समाज मकवानपुरको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमका बीच शुभ दीपावली, नेपाल सम्वत एवम् छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको समाजका संस्थापक कार्यसमिति सदस्य ज्ञानबन्धु शर्माले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन बागमती प्रदेशका प्रमुख सचिव डा. हरि लम्सालले गर्नु भएको थियो । कार्यक्रममा समाजका उपाध्यक्ष हरिमाया ढकालले स्वागत मन्तव्य रख्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेशको सदरमुकाम हेटौंडामा कार्यरत राष्ट्रसेवक कर्मचारी, शिक्षक, प्रधानाध्यापक लगायत हेटौंडामा स्थायी/अस्थायी बसोबास गरी विभिन्न पेशा, व्यवसायमा संलग्न व्यक्ति र शुभचिन्तको उपस्थिति रहेको थियो ।