हेटौंडाः हेटौंडामा जारी जिल्लास्तरीय मेयरकप स्नुकर प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सोमबार क्वार्टरफाइनल चरणको खेलहरू सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।
हेटौंडा–४ स्थित बुद्ध स्नुकर हाउस र हेटौंडा–१० स्थित एस–वान स्नुकर क्लबमा प्रतियोगिताको क्वार्टरफाइनल चरणको खेलहरू सम्पन्न भएसँगै सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने खेलाडीको टुंगो लागेको छ । एस–वान स्नुकर हाउसका खेलाडी प्रयास कर्माचार्य, भीमफेदी गाउँपालिकाको लियम स्नुकर हाउसका खेलाडी मिथुन लामा, लियम स्नुकर हाउसकै खेलाडी जीनेश श्रेष्ठ र रोयल स्नुकर हाउसका खेलाडी बिनय लामा सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
प्रतियोगिता अन्तर्गत आज मंगलबार बिहान ९ बजे सेमिफाइनल र दिउँसो ३ बजे फाइनल खेल हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरुलाई क्रमशः ६० हजार रुपैयाँ, ३० हजार रुपैयाँ, ६÷६ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । हाइ स्कोर ब्रेकर र राइजिङ प्लेयरलाई ५÷५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ । प्रतियोगिताको पुरस्कार वितरण समारोह बुद्ध स्नुकर हाउसमा हुनेछ ।