हेटौंडाः हेटौंडा–२ स्थित दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सहकारीका अध्यक्ष गणेश बल लामाको सभाध्यक्षमा तथा नेपाली काँग्रेसकी सहमहामन्त्री महालक्ष्मी डीना उपाध्यक्षको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन समारोह भएको हो ।

साधारणसभामा कोषाध्यक्ष ज्ञानेन्द्र बर्तौलाले चालु आर्थिक वर्षको प्रस्तावित २३ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार रहने प्रतिवेदन पेश गर्नुभएको छ । उहाँले आर्थिक वर्ष २०७९/८० मा २० करोड ३२ लाख १९ हजार रुपैयाँको कारोबार भएको प्रतिवेदन पेश गर्नुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ मा २ करोड ४३ लाख २० हजार रुपैयाँको र गत आर्थिक वर्ष २०८०/०८१ मा १ करोड २० ४७ लाख २० हजार रुपैयाँ खर्चको प्रतिवेदन पेश गर्नुभएको छ ।

सहकारी संस्थाले गत वर्षको श्रावण महिनादेखि यस वर्षको असार मसान्तसम्ममा १ करोड ४७ लाख २० हजार रुपैयाँ खुद आम्दानी गरेको उहाँले बताउनुभयो । यस वर्ष सहकारीले ८१ लाख ७९ हजार रुपैयाँ बढी आम्दानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सहकारी क्षेत्रको विकासका लागि हेटौँडा उपमहानगरपालिकाले सरकारी अनुगमनको कार्यमा थालनी गर्नुपर्ने उहाँले बताउनुभयो ।