मकवानपुरमा मास्क नलगाई घरबाहिर निस्केका २८ जना कारबाहीमा परेका छन् । बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले २८ जनालाई रु १ सयको दरले जरिवाना गरेर छाडेको छ । अहिलेको कोरोनाको जोखिमबाट बच्न अनिवार्य मास्क लगाउनुपर्ने सरकारको नियम पूर्ण रुपमा पालना गराउने मकवानपुर ट्राफिक प्रहरी प्रमुख ढकालले बताउनुभयो । उहाँले मास्क नलगाएकाहरुलाई सम्झाई बुझाई गरेर छाड्ने गरेको र बुधबार मास्क नलगाएका ८० जनालाई निशुल्क मास्क वितरण गरेको जानकारी दिनुभयो ।