हेटौँडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० मा मोटरसाइकल अनियन्त्रित भई डिभाईडरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार चौबिसकोठीबाट पुलचोकतर्फ जाँदै गरेको बा प्र ०३–००१ प ४७६० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई डिभाईडरमा ठोकिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक नवलपरासीको (पूर्व) गैंडाकोटका ५० वर्षीय प्रेम परियार र चितवन ईच्छाकामना गाउँपालिका–५ का ३३ वर्षीय पूर्ण बहादुर परियार घाइते भएका थिए । घाइते दुबैलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । उपचारको क्रममा चालक प्रेमको शुक्रबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।