हेटौँडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६, चौकीटोलमा असोज २८ गते भएको दुर्घटनामा घाइते बस चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

असोज २८ गते दिउँसो ४ बजेर ४५ मिनेटको समयमा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ७ ख ३१२० नम्बरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३११९ नम्बरको ट्रक एक–आपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परी घाईते भएका बस चालक सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–९ का ५७ वर्षीय तिलक बिकको चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा बुधबार राती २ बजेको समयमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।