Home मुख्य समाचार दुर्घटनामा घाइते बस चालकको मृत्यु

दुर्घटनामा घाइते बस चालकको मृत्यु

हेटौँडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६, चौकीटोलमा असोज २८ गते भएको दुर्घटनामा घाइते बस चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

असोज २८ गते दिउँसो ४ बजेर ४५ मिनेटको समयमा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ७ ख ३१२० नम्बरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३११९ नम्बरको ट्रक एक–आपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परी घाईते भएका बस चालक सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–९ का ५७ वर्षीय तिलक बिकको चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा बुधबार राती २ बजेको समयमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

Exit mobile version