मुख्यमन्त्री लामा र आयोग उपाध्यक्ष नेपालबीच कार्यसम्पादन करार सम्झौतापत्र आदानप्रदान गरिँदै ।

हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नीति तथा योजना आयोगसंग कार्य सम्पादन करार सम्झौता गरेका छन् । मुख्यमन्त्री लामाले बुधबार आयोगका अध्यक्ष गंगादत्त नेपालसँग कार्य सम्पादन करार सम्झौता गरेका हुन् ।

मुख्यमन्त्री लामाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रमहरुको कार्य सम्पादनलाई प्रभावकारी र नतिजामुखी बनाउन आयोगका उपाध्यक्ष नेपालसंग कार्यसम्पादन सम्झौता गरेका हुन् । प्रदेश नीति तथा योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश २०७५ बमोजिम कार्यसम्पादन करार सम्झौता गरिएको हो ।

सम्झौता अनुसार आयोगले वार्षिक स्वकीकृत कार्यक्रम सहित प्रभावकारी र उपलब्धीमुलक नयाँ तथा फरकशैलीको कार्यक्रम पनि गर्न निर्देशन गरिएको छ । गत ९ गते सरकारको नेतृत्व गरेका मुख्यमन्त्री लामाले गत भदौ २६ गतेको मन्त्रिपरिषद बैठकबाट नेपाललाई आयोगको उपाध्यक्षमा नियुक्त गरिएको थियो ।