हेटौँडाः मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–३, कटुन्जेमा ४५ वर्षीय तीर्थबहादुर भुजेललाई २५ वर्षीय सोमलाल प्रजाले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । शनिबार साँझ भएको झगडा हुँदा सोमलालको कुटाईबाट तीर्थबहादुरको टाउको र आँखामा भित्री चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । तीर्थबहादुरको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ । तीर्थबहादुरमाथि कुटपिट गर्ने सोमलाल प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।