Home मुख्य समाचार तीर्थबहादुरलाई सोमलालले मरणासन्न कुटे

तीर्थबहादुरलाई सोमलालले मरणासन्न कुटे

हेटौँडाः मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–३, कटुन्जेमा ४५ वर्षीय तीर्थबहादुर भुजेललाई २५ वर्षीय सोमलाल प्रजाले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । शनिबार साँझ भएको झगडा हुँदा सोमलालको कुटाईबाट तीर्थबहादुरको टाउको र आँखामा भित्री चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । तीर्थबहादुरको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ । तीर्थबहादुरमाथि कुटपिट गर्ने सोमलाल प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Exit mobile version